मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

वेस्टइन्डिजलाई पराजित गर्दै बंगलादेश त्रिकोणीय सिरिजको फाइनलमा

मंगलबार, बैशाख ३१ २०७६

काठमाडौँ(एजेन्सी)–आयरल्याण्डमा जारी त्रिकोणीय एकदिवसीय क्रिकेट सिरिजमा बंगलादेशले वेस्टइन्डिजलाई पराजित गर्दै फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा बंगालदेशले वेस्टइन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वेस्टइन्डिजले दिएको २४८ रनको लक्ष्य पछाएको बंगलादेशले ४७.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेशका लागि मुशफिर रहिमले सर्वाधिक ६३ रन बनाए भने सौम्य सरकारले ५४ रन बनाएका थिए । त्यस्तै मोहमद मिथुनले ४३, मह्मौदुल्लाहले ३०, शकिब अल हसनले २९ र तामिम इकवालले २१ रन्को योगदान दिएका थिए ।
वेस्टइन्डिजका बलर एशले नर्सले ३ विकेट लिए भने जेसन होल्डर र कमर रोचले एक–एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ९ विकेट गुमाउदै २४७ रन बनाएको थियो । वेस्टइन्डिजका लागि साइ होपले सर्वा्धिक ८७ रन बनाए । त्यस्तै जेसन होल्डरले ६३, सुनिल एम्ब्रिजले २३ रन बनाएका थिए ।
बंगलादेशका बलर मुस्ताफिजुर रहमानले ४ विकेट लिए भने मश्राफे मोर्ताजाले ३ विकेट लिए । त्यस्तै मेहिदी हसन र शकिब अल हसनले एक एक विकेट लिएका थिए । त्रिकोणीय सिरिजमा आयरल्याण्डले कुनैपनि खेल जितेको छैन भने अब फाइनलमा बंगालदेश र वेस्टइन्डिज भिड्ने भएका छन् । फाइनल अघि बंगलादेश र आयरल्याण्डबीच एक खेल बुधबार हुदै छ । त्रिकोणीय सिरिजको फाइनल खेल आगामी शुक्रबार हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार