मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एएफसी कपको एउटा खेलमा सबै निर्णायकहरु महिला

मंगलबार, बैशाख ३१ २०७६

क्वालालम्पुर(एजेन्सी)–एसियाली फुटबल महासङ्घले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगितामा सबै निर्णायकहरु महिला राख्ने घोषणा गरेको छ । जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा नाओमी तेशिरोगीलाई म्यान्मारको याङ्गुन युनाइटेड र कम्बोडियाको नागा वल्र्डबीचको खेल खेलाउने जिम्मेवारी दिइएको छ ।
थुवुन्ना रङ्गशालामा मङ्गलबार हुने यस प्रतिस्पर्धामा तीनै जना महिला निर्णायकले खेल सञ्चालन गर्नेछन । एएफसीले एसियाली फुटबल महासङ्घको इतिहासमा क्लबस्तरीय खेलका लागि तीनै जना निर्णायक पहिलोपटक महिला रहेका छन् ।
एएफसी कपका खेलहरुमा यसअघि महिलाहरुलाई सहायक निर्णायकको भूमिकामात्र दिइएको थियो । सन् २०१४ मा पहिलोपटक अस्ट्रेलियाका सराह हो र एलिस्सोन फ्लाइनलाई यस्तो जिम्मेवारी दिइएको थियो । सन् २०१६ मा निर्णायकको दर्जा पाएकी अनुभवी यामाशिताले एएफसीको निर्णयप्रति प्रतिक्रिया जनाउँदै ‘मेरो सपना साकार हुन लागेकामा मलाई गर्व लागेको छ’ उनले बताइन् । –एएफपी

प्रतिक्रिया
सम्बन्धित समाचार