कतार / बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा एनसीसी कतारको श्रमिक कोष मार्फत आज कतारका विभिन्न ठाउँमा रहेमा ६३ जना श्रमिकहरुलाई खाद्यान्नको राहत हस्तान्तरण गरेको छ।

विज्ञप्ति :
आदरणीय कतारमा स्थापित नेपालि संघ संस्थाका प्रमुख ज्यूहरु, सामाजिक अभियान्ता ज्युहरु, ब्यवशायी ज्युहरु, पत्रकार ज्युहरु साथै सम्पुर्ण पञ्जिकृत सदस्य ज्युहरुमा,
हार्दिक नमस्कार!
विषय : कोरना भाइरस (कोभिड १९) ले कतार स्थित नेपाली समुदायमा पर्न गएको असर प्रती एनसीसी कतारको गतिविधि
बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा एनसीसी कतारको श्रमिक कोष मार्फत आज कतारका विभिन्न ठाउँमा रहेमा ६३ जना श्रमिकहरुलाई खाद्यान्नको राहत हस्तान्तरण गरेको छ।जसमध्य ६० जना महिलाका लागि चामल १७५ के जि, तेल २० लिटर,दाल १५ के जि,प्याज ३० के जि, आलु ५० के जि, चना १५ केजि र ३ जना पुरुष हरुका लागि चामल १५ के जि,दाल ३ के जि, सोयाबिन ३ प्याकेट, नुन ३ प्याकेज, आलु,६ के जि, सिजनेबल तरकारी ६ के जि,टमाटर ५ क जि र केही चाउचाउका प्याकेजहरु बाढीएको सबैमा जानकारी गराउदछौ।

यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी आईसीसी मध्यपुर्ब सम्योजक प्रबिन गुरुङ्ग,आईसीसी सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी दित्तिय उपाध्यक्ष कुमार खड्का,एनसीसी महासचिव पदम गिरी,एनसीसी महिला सम्योजक अम्बिका खत्री,एनसीसी सदस्यहरु सेवक घतानी,झबिन्द्र आचार्य,गजेन्द्र राई,राहत समिति सदस्य राम हामल, गम्भीर अधिकारी साथै विशेष सहयोगिहरु अर्जुन मुडवारी,प्रकाश ढकाल र प्रबिन कार्कि लगायत सबैमा धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु।
उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती सम्योजक
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

