मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

गैरकानुनी रुपाम कुवेतमा हुने नेपालीहरुको लागि एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीले जारी गरे यस्तो सूचना

शुक्रबार, बैशाख १२ २०७७

कुवेत / पासपोर्ट नभएको दाजुभाई दिदी बहिनीहरु ट्राभल डकुमेट लिने दुताबास जानु पर्ने छ । दुताबास जादा आफनो पासपोर्ट साईजको फोटो र पुरानो पासपोर्टको कपि लिएर जानु होला । ट्राभल डकुमेन्ट लिएपछि फर्वानिया ब्लक एकमा जानु होला । ( कुवेत सरकारले नियमका परिवर्तन गरेको हुदा दुताबासले फर्वानियाबाट ट्राभल डकुमेन्ट दिन नसक्ने भएकोले राजदुताबासनै जानु पर्ने )

जिलिव शोएखमा रहनुहुने साथिहरुको लागि ट्राभल डकुमेन्ट दुताबासले जिलिब मै जहाँ कुवेत सरकालर ईलिगलको लागि बोलाएको छ तेहि ठाउँमा उपलब्ध गराउने छ । जिलिबमा राउण्डवोर्डको नजिकै नेम बिन मासुद बोयज स्कुल ब्लक ३ जिलिब ।

यो एमनेस्टिमा भिसा समाप्त नभएका कामदारहरु स्वदेश फर्कन पाउने छैनन ।
ट्राभल डकुमेन्टको लागि पासपोर्टकोको कपि अथवा सिभिल आईडि कपि को आबश्यकता पर्ने छ । २ प्रति फोटो पनि । ट्राभल डकुमेन्टको लागि पासपोर्ट कपि भए सजिलै हुन्छ । अन्यथा प्रकृया लामो हुन सक्ने भएकोले पासपोर्ट कपि खोज्नु होला । ट्राभल डकुमेन्टको लागि कुनै शुल्क लाग्दैन ।
कुनै पनि डकुमेन्ट नभएको साथिहरुले दुताबासमा संपर्क गर्नु होला ।
फर्वानिया र जिलिब दुबै ठाँउमा एक पटक एन्ट्रि भए पश्चात बाहिर निस्किने पाउई छैन तसर्थ आफनो सामन साथमा लिएर जानु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार