बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षर, द्विपक्षीय सम्बन्ध, पर्यटन प्रर्वद्धन व्यापार विस्तारमा सहमति

मंगलबार, बैशाख ३१ २०७६

काठमाडौं(जस)–नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रर्वद्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु¥याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरे ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका थिए ।
प्रम ओली र कम्बोडियाली प्रमबीच भेट
प्रधानमन्त्री ओली र उनका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच सोमबार राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा कम्बोडियाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा प्रधानमन्त्रीद्वयले पहिले एक्लाएक्लै र पछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए । दुई देशबीच द्विपक्षीय सम्बन्ध सुुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लगायत विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको भ्रमणमा रहेका छन् । प्रधानमन्त्री ओली दुई दिनको औपचारिक भ्रमणका लागि सोमबार कम्बोडिया अधिराज्य पुगेका हुनन् । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गरेका थिए । प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी, सञ्चारकर्मीलगायत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार