मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएन अस्ट्रेलियाद्वारा एक साताका लागि २०० जना विद्यार्थीलाई खानाको व्यवस्था, थप सहयोग पनि दिने

आइतबार, चैत्र २३ २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले २ सयजना विद्यार्थीलाई एकसाताको लागि खानाको व्यवस्था गरेको छ । संघले प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरेको हो ।

नेपाली विद्यार्थीको बाक्लो उपस्थिति रहेको अस्ष्ट्रेलियामा उनीहरुको समस्यालाई मध्यनजर गर्दै एनआरएनएले सहयोग गरेको जनाएको छ । सहयोगका लागि अनलाइन फर्मको निर्माण गरिएको र अहिलेसम्म ८ सय जनाको सहयोगका निम्ति आवेदन परेको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

सहयोगका लागि अस्ट्रेलियामा दूतावास संरक्षक, संघका अध्यक्ष संयोजक, १५ वटा स्थानीय संघसंस्था उपसंयोजक तथा अन्य १५० संघसंस्था सदस्य रहेको एक राहत समिति निर्माण गरिएको छ । सो समितिमा सहयोगका लागि आवेदन दिने अन्यलाई पनि समेटिँदै लगिने बताइएको छ ।

हालसम्म सहयोगका लागि २० हजार डलरको राहतकोष स्थापना गरिएको र थप २० हजार डलर थपिने क्रममा रहेको पन्तले जानकारी दिए । एनसीसी अस्ट्रेलियाले नेपालमा पीपीई लगायत अत्यावश्यक सामग्री पठाउन रु ५ लाख अन्तर्राष्ट्रिय समन्वय परिषदमा योगदान गरेको पनि बताएको छ ।

यो संकटपूर्ण घडीमा आफै जोखिम मोलेर सहायताका लागि जुट्ने र अन्य प्रकारको योगदान गर्ने सम्पूर्णप्रति एनआरएनएले आभार प्रकट गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार