मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

नेयमार र मार्टिनेज बार्सिलोनाको प्राथमिकतामा

शनिबार, चैत्र ८ २०७६

काठमाडौं(एजेन्सी)–स्पेनिस क्लब बार्सिलोनाले आउदो समर सिजनमा टोलीमा पुरै परिवर्तन गर्ने योजना बनाएको छ । यो सिजन स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेपनि बार्सिलोनाको प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन । त्यसैले पनि बार्सिलोनाले अर्काे सिजनको लागि टोली बलियो बनाउन व्यापक परिवर्तन गर्ने तयारी गरिरहेको हो । स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार यसपटक बार्सिलोनाले ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमार र अर्जे्न्टिना तथा इन्टर मिलानका लोउटारो मार्टिनेजलाई अनुबन्ध गर्न प्राथमिकतामा राखेको छ ।
नेयमार र मार्टिनेज अनुबन्धको लागि बार्सिलोनाले औसमाने डेम्वेले र फिलिपे कौटिन्होलाई बेच्न सक्ने स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोले उल्लेख गरेको छ । पीएसजीले केलियन एमबाप्पेलाई प्राथमिकतामा राख्दै नेयमारलाई बेच्ने बताइसकेको छ । यसका लागि पीएसजीले बार्सिलोनाका इभान राकिटिच र आर्टुरो भिडाललाई अनुबन्ध गर्न सक्नेछ । यस्तै इन्टर मिलानले मार्टिनेज र रोमेलु लुकाकुलाई प्राथमिकतामा राखेको छ । यि दुईको जोडी इन्टर मिलानमा खुवै जमेको छ ।
मार्टिनेजले चाहेको अवस्थामा उनी आफ्ना अर्जे्न्टिनी सहयात्री लियोनेल मेस्सीसँग क्लब फुटबल खेल्न पाउन सक्नेछन् । इन्टर मिलानका प्रशिक्षक एन्टेनियो कोन्टेले बार्सिलोना आर्टुरो भिडाल र इभान राकिटिचलाई मन पराउने भएकाले मार्टिनेजलाई बार्सिलोना पठाउन सक्नेछन् । बार्सिलोनाले यसै समरमा नेयमारलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार