मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

फिफाले विश्व स्वास्थ्य संगठनलाई १ अर्ब अनुदान दिने

बिहिबार, चैत्र ६ २०७६

काठमाडौं(एजेन्सी)–अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संघ संगठन (डब्लुएचओ) लाई १० मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड रुपैयाँ) अनुदान दिने भएको छ । विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिरहेको अवस्थामा त्यसविरुद्ध लड्न कदम चालिरहेको डब्लुएचओलाई अनुदान दिने फिफाले जनाएको छ । फिफाले डब्लुएचओको कदममा ऐकबद्धता जनाउने र सँगै काम गर्नका लागि तयार भएको पनि बताएको छ ।
कोरोनाका कारण विश्वभर फुटबल गतिविधि ठप्प रहेको अवस्थामा फिफाले युरो कप र कोपा अमेरिका जस्ता ठूला प्रतियोगिता एक वर्ष स्थगित गर्न सहमति दिएको छ । विश्वभर फुटबल लिग स्थगित हुँदा फुटबल क्यालेन्डरमा पर्ने असरमा गम्भिर भएको जनाएको छ । क्यालेन्डर मिलाउनका लागि सहयोग गर्ने बताएको फिफाले खेलाडी ट्रान्फरमा पनि लचकता अपनाउने जनाएको छ । यस्तै कोरोनाले असर गरेको फुटबल क्षेत्रमा आर्थिक सहयोग गर्न तयार गरेको पनि फिफाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार