मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए मलेसियाले गर्यो मलेसियामा बस्ने सम्पूर्ण नेपालीहरुलाई कोरोनाबाट सुरक्षित रहन अलर्ट

बुधबार, चैत्र ५ २०७६

मलेसिया, मलेशियामा बस्दै आएका सम्पूर्ण नेपालीहरुलाई गैरा आवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले एक बक्तव्य जारी गर्दै कोरोना भाईरसले गर्दा मलेसियामा एवं विश्वभर रहेको त्रासपूर्ण अवस्थाको कारण मलेसियन सरकारको नीति नियम पालना गरी आ आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नको लागि सुसुचित गरेको छ ।

गैरा आवासिय नेपाली संघ मलेसियाको अध्यक्ष हरि प्रसाद भट्टराई र महासचिव हेमराज सापकोटाले जारी गरेको सो वक्तव्यमा “कोभीड–१९ (कोरोना भाइरस) ले तिब्रता लिदै हिजो थप २ जनाको मृत्यु र १०७ थप संक्रमीत गरी संक्रमीत संख्या ६७३ पुगेको छ । यस संवेदनशिल घडिमा मलेशियामा अत्यधिक मात्रामा संक्रम बढेकोले सरकाले १८ मार्च २०२० देखि ३१ मार्च २०२० सम्मको लागि पुरै देश नै लकडाउन गर्ने निर्णय सँगै निम्न नियमहरु लागु गरेको छ ।

१.मलेशियाका अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी निकायहरु बाहेक अन्य सबै सरकारी कार्यालयहरु बन्द हुने ।
२.मलेशिया आउने सबै विदेशी नागरिकलाई मलेशिया प्रवेशमा १८ मार्च २०२० देखि २१ मार्च २०२० सम्म पूर्ण रोक लागइएको ।
३.नेपाल फिर्ता जान चाहनेको हकमा हालसम्म रोक नलगाइएको ।
४.दैनिक उपभोगका सामाग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधी पसल, अस्पताल, यातायात, प्रहरी लगाएतका महत्वपूर्ण सेवा दिने निकायहरु भने खुला रहने ।
५.जमघट, भेला लगाएतका अन्य सामाजिक भेटघाट गर्ने क्रियाकलापमा रोक लगाइएको ।
६. कलेज, विद्यालय, विश्वविद्यालय लगाएतका शैशिक संस्थाहरु समेत बन्द हुने ।
त्यसर्थ, सम्पूर्ण नेपालीहरुले मलेसिया सरकार तथा आ आफ्नो कम्पनीको नीति नियममा बसी आ आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न अनुरोध गरिएको छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार