काठमाडौं(एजेन्सी)–युरो कप २०२० स्थगित भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरका कारण युइएफले युरोकप स्थगित गरेको दी नोर्गिन एएफएले लेखेको छ । जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको युरोपियन फुटबलको ठूलो लिग स्थगित भएको हो । युरोकपका लागि अहिले क्वालिफायर्स लिगहरु भइरहेका छन् । युरोकपको यो १६ औँ संस्करण हो । युरोकप यो वर्षको अन्तिमसम्म आयोजना नहुने बताइएको छ ।