काठमाडौं(एजेन्सी)–इङ्लिस क्लब लिभरपुल ट्रान्सफर बजारमा सर्वाधिक मुल्यवान टिम बनेको छ । फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको युरोपको शीर्ष पाँच लिगको सूचीमा लिभरपुल शीर्ष स्थान हात पारेको हो । लिभरपुलको मूल्य १.४ बिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको मूल्य १.२४ बिलियन रहेको छ । सूचीको तेस्रो स्थानमा स्पेनिस क्लब बार्सिलोना, चौंथो स्थानमा रियल मड्रिड र पाँचौंमा चेल्सी रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन (पीएसजी), एट्लेटिको मड्रिड, टोटनहम र युभेन्ट्स क्रमशस् छैटौं देखि दशौँ स्थानमा रहेका छन् ।
सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक मूल्यलाई आधार बनाएर सूची निकालेको जनाएको छ । मूल्यवान टोलीको शीर्ष स्थानमा दुई इंग्लिस क्लब छन् । पहिलो स्थानमा लिभरपुल रहँदा दोस्रो स्थानमा म्यानचेस्टर सिटी छ । त्यस्तै चौथो स्थानमा ला लिगा क्लब रियल मड्रिड, पाँचौं स्थानमा इंग्लिस क्लब चेल्सी र छैटौं स्थानमा म्यानचेस्टर युनाइटेड छन् । फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), स्पेनिस क्लब एट्लेटिको मड्रिड, इंग्लिस क्लब टोटेनहम र इटालियन सिरी ए क्लब युभेन्ट्स क्रमश शीर्ष दश स्थानमा छन् । सीआईईएसले ट्रान्सफर बजारका आधारमा प्रत्यक क्लबका सर्वाधिधक महँगा २० खेलाडी लाई आधार बनाएर सर्वा्धिक मूल्यवान टिम सार्वजनिक गरेको हो ।