मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्स : साझा पहलमा सबै राष्ट्र सहमत

सोमबार, चैत्र ३ २०७६

काठमाडौँ(जस)–कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष÷प्रधानमन्त्रीबीच आइतबार साँझ भिडियो कन्फरेन्स भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गरेको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी भएका थिए । सोका लागि मिर्गाैला प्रत्यारोपणपछि आइतबार पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।
कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्समा प्रम ओलीको सम्बोधन
प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष÷प्रधानमन्त्रीबीचको साँझ आयोजित भिडियो कन्फरेन्समा सम्बोधन गर्दै कोभिडविरुद्धको सचेतनाबारे नेपालले चालेका कमदबारे जानकारी गराएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कन्फरेन्समा भाग लिँदै प्रधानमन्त्री ओलीले कोभिडको सम्भावित जोखिमलाई ध्यान दिएर अस्पतालहरुको क्षमतावृद्धि गरिएको, आत्मरक्षा र आइसोलेसनमा जानुपर्दाको तयारी गरिएको, नेपाल भ्रमण वर्ष २०२२ तथा तेस्रो मुलुकका गतिविधि र अन्तरराष्ट्रिय सम्मेलनहरुको आयोजना स्थगन गरिएको बताए । उनले अन्य मुलुकबाट अनअराइभल प्रवेशाज्ञा रोकिएको, सङ्घीयस्तरमा उच्चस्तरीय रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको र उक्त समिति स्थानीय तहसम्म गठन गरिएको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने, “कोभिडविरुद्धको अभियानका लागि नेपाल सचेत रहेको छ । रोकथामका लागि हामीले धेरै पहल गरिरहेका छौँ ।”
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्कस्तरमा रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राखेकामा मोदीलगायत सार्कका नेताहरुलाई धन्यवाद पनि व्यक्त गरे । ‘भिडियो कन्फरेन्स अन सार्क लिडर्स अन कमव्याटिङ कोरोना भाइरस ः सेटिङ यान एक्जाम्पल फर द वल्र्ड’ नाम दिइएको सो कन्फरेन्स गर्न भारतीय प्रधानमन्त्री मोदीले गत फागुन ३० गते ट्विटमार्फत् गरेको आग्रहलाई सदस्य मुलुकले स्वागत गरेका थिए । मिर्गाैला प्रत्यारोपणपछि आइतबार पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी कन्फरेन्समा सहभागी भएका हुन् ।
कोभिड–१९ विरुद्ध सार्क आपत्कालीन कोषका लागि भारतीय प्रस्ताव
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध लड्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच आपत्कालीन कोष खडा गर्न आह्वान गर्दै शुरुआतमा भारतका तर्फबाट १० मिलियन अमेरिकी डलर दिने घोषणा गरेका छन् । कोभिड–१ को सङ्क्रमण फैलिन नदिन राष्ट्राध्याक्ष÷सरकार प्रमुखबीचको साँझ गरिएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सो कोष सञ्चालनका लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी दिँदै सार्क प्रकोप व्यवस्थापन केन्द्रलाई सक्रिय पार्न पनि प्रस्ताव गरे । उनले कोभिडविरुद्ध लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिडको परीक्षणमा तदारुकता दिन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा पनि जोड दिए ।
प्रधानमन्त्री मोदीले कोभिडको प्रभावबाट आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावबारे अध्ययन गर्न र आन्तरिक व्यापारलाई बढावालाई दिन पनि सुझाव दिए । कन्फरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाग लिएका थिए ।
कोभिड–१९ बाट बच्न ‘नमस्ते’ गर्न नेपालको प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न एकापसमा भेट्दा हात मिलाउनाको साटो नेपाली संस्कृतिअनुसार नमस्ते आदानप्रदान गर्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुककाका नेतालाई आह्वान गरेका छन् । कोभिडविरुद्ध लड्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच सञ्चालन गरेको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोभिड साझा समस्या र चुनौती भएकाले यसविरुद्ध लड्न साझा पहल हुनुपर्नेमा जोड दिँदै सचेतना अभियान चलाउन, रोकथामका लागि परिचालित हुन र आम भेला आयोजना नगर्न पनि आग्रह गरे ।
कोभिडविरुद्ध लड्न सार्क आपत्कालीन कोष खडा गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा अस्पताल तथा अनुसन्धान र उपचारका लागि सञ्जाल विस्तार गर्न पनि सुझाव दिए । उनले आफ्ना आर्थिक कारोबार, आन्तरिक व्यापार र क्षेत्रीय संवादलाई निरन्तरता दिन पनि उनले आग्रह गरे । सो कन्फरेन्समा सार्कका अध्यक्षसमेत रहेका ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाग लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार