मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कनकाईलाई सुखानी स्मृति गोल्डकपको उपाधि

शनिबार, चैत्र १ २०७६

काठमाडौं(जस)–कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । साविक विजेता समेत रहेको कर्ण्सिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार फाइनलमा २–१ ले हराउँदै कनकाईले उपाधि जितेको हो । अर्जुनधारा ९ खरबन्दीस्थित नमुना खेलमैदानमा प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले पहिलोपल्ट जितेको हो । कनकाईका लागि लक्ष्मी श्रेष्ठले २८ औं र सरिता शेर्पाले ५९ औं मिनेटमा गोल गरे । ६९औं मिनेटमा पवित्रा लिम्बूले कर्ण्सिंहका लागि गोल फर्काएकी थिइन् ।
कनकाईले उपाधिसहित १ लाख २५ हजार र कर्ण्सिंहले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । कनकाईकी कुसुम खतिवडा प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी चुनिइन र उनले १२ हजार रुपैयाँ प्राप्त गरिन् । कनकाईकी लक्ष्मी श्रेष्ठ उत्कृष्ट फरवार्ड, सुमिष्ता चौधरी उत्कृष्ट रक्ष्ँक, जशोदा लागवती उत्कृष्ट गोलकिपर, सन्त रायाझी उत्कृष्ट प्रशिक्षक र कर्ण्सिंहकी सुनकला राई उत्कृष्ट मिडफिल्डर चुनिए । उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे । फाइनलकी उमन अफ दी म्याच कनकाइकी नेहा चौधरीले ५ हजार रुपैयाँ प्राप्त गरिन् । पारिजात फुटबल क्लब झापा फेयर प्ले टोली घोषित भयो र १० हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकास मन्त्री जसमाया गजमेर, प्रदेश सांसद्हरु अर्जुन राई, वृख प्रधान र हिरा थापा, वडाध्यक्ष बलदेवसिंह गोम्देन, आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराईलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार