मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आर्मी आहा–रारा गोल्डकपको सेमिफाइनलमा

मंगलबार, फाल्गुन २७ २०७६

काठमाडौँ(जस)–विभागीय टोली नेपाल आर्मी क्लब पोखरामा जारी रारा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा आर्मीले संकटामाथि फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
संकटालाई ३–० ले पराजित गर्दा आर्मीका लागि सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक–एक गोल गरे । खेलको १६औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । सुदिपको गोलसँगै पहिलो हाफमा १–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न पुग्यो ।
७०औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेट नबित्दै विवेकले गोल गरे । त्यसपछि थप गोल नहुँदा आर्मीले संकटामाथि ३–० को फराकिलो जित निकालेको हो । अब आर्मीले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । खेल बिहीबार हुनेछ । त्यसअघि पहिलो सेमिफाइनल खेल बुधबार रुस्लान थ्री स्टार र नेपाल पुलिसबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार