मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

क्रिकेटमा बंगलादेश र आयरल्याण्ड विजयी

मंगलबार, फाल्गुन २७ २०७६

काठमाडौं(एजेन्सी)–जिम्बावेविरुद्धको पहिलो टी–२० खेलमा घरेलु टोली बंगलादेश सजिलै विजयी भएको छ । मिरपुरमा सोमबार राति भएको खेलमा बंगलादेशले जिम्बावेलाई ४८ रनले हरायो । जितसँगै दुई खेलको रिसिजमा बंगलादेशले १–० को अग्रता लिएको छ । दुई सय एक रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे १९ ओभरमा सवै विकेट गुमाएर एक सय ५२ रनमा समेटिएको थियो । जिम्बावेका लागि ओपनर तिनशे कामुनुखुमवेले २८ रन बनाए ।
कार्ल मुम्बाले २५, डोनाल्ड तिरिपोनो, रिचमन्ड मुटुम्बमी र कप्तान सेन विलियम्सले समान २० र सिकन्दर राजाले १० रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमान र अमिनुल इस्लामले तीन तीन विकेट लिए । अफिफ हुसैन, मोहम्मद सैफुद्धीन र शैफुल इस्लामले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धा्रित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय रन बनाएको थियो । बंगलादेशका लागि सौम्य सरकारले ६२ रन बनाए । लिटन दासले ५९, तमीम इकबालले ४१ र कप्तान महमुदुल्लाहले अविजित १४ रन बनाए । जिम्बावेका सिकन्दर राजा, क्रिस मपुफु र वेस्ली माधेवीले एक एक विकेट लिए । दोस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । यसअघि तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पनि बंगलादेशले ३–० ले क्लिन स्विप गरेको थियो ।
आयरल्याण्ड सुपर ओभरमा विजयी
आयरल्याण्डले अफगानिस्तानलाई पराजित गरेको छ । सिरिजको अन्तिम टी–२० खेलमा आयरल्याण्डले अफगानिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो । निर्धारित २० ओभरमा दुवै टिमले १४२ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो । सुपरओभरमा अफगानिस्तानले दिएको ९ रनको लक्ष्य आयरल्याण्डले अन्तिम बलमा जित हासिल गरेको थियो । योसँगै तीन खेलको सिरिज अफगानिस्तानले २–१ ले जितेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार