मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार, खाना खानुका साथै हिँड्डुल गर्न थालेको अस्पतालद्धारा जानकारी

शनिबार, फाल्गुन २४ २०७६

काठमाडौं (जस)– चार दिनअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उहाँलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ । प्रधानमन्त्रीको ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको परिणाम सामान्य रहेका उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यावस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ । उहाँको पनि स्वास्थ्यसम्बन्धी अत्यावश्यक स्थिति प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । दातृ सङ्ग्रौलाले पनि साधारण खाना खानाका साथै हिँड्डुल गर्न थालिसक्नुभएको कार्यकारी निर्देशक खड्गाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार