दार्मा, सल्यान । भित्ताहरु बेहुली झैं सिंगारिएको, श्रींगार सामाग्री थिए त केवल दार्मा गाउँपालिकालाई प्रष्ट पार्ने विभिन्न तथ्यांक र सन्देशमुलक चार्ट, रंगीचंगी पेपर, पोषण सम्बन्धि कोटेसन र भनाईहरु, विभिन्न पोषण जन्य सामाग्रीको प्रदर्शनी जसले सिंगो गाउँपलिकालाई ऐना जस्तै जिस्काईरहेका थिए । गाउँपालिकाका सबै जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, विषयगत सबै शाखा र सरोकारवालाहरु सबैलाई लाग्थ्यो सिंगो गाउँपालिका नै पहिलो पटक यसरी एक साथ एकिकृत पोषणको समिक्षा जुटेको थियो ।
सन्दर्भ थियो–दुई दिने बहुक्षेत्रिय पोषण सम्बन्धि दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठीको । दार्मा गाउँपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका साथ दार्मा गाउँपालिकाको आयोजना तथा सुआहारा दोश्रो परियोजनाको प्राविधिक सहयोगमा दार्मा गाउँपालिकाको सभा हलमा दुई दिनसम्म संचालित कार्यक्रममा पोषणको महत्व र आवस्यकता वारेमा सबै जनप्रतिनिधि तथा विषयगत शाखाले सक्रियताका साथ सहभागिता जनाएका थिए । गर्भवती, सुत्केरी, दुई वर्ष मुनिका बालबालिका र किशोरीहरुको पोषण स्थिती सुधार गर्न जनप्रतिनिधि, स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा, महिला तथा बालबालिका लगाएत स्थानीय सरोकारवाला सबै क्षेत्रको समान भुमिका हुन्छ भन्ने कुरामा सहभागी वक्ताहरुले जोड दिएका थिए ।
सुआहारा कार्यक्रमका कार्यक्रम संयोजक अमृत पौडेलको बिनम्रता रुपी आग्रहमा सबै सहभागीहरु उत्सुकताका साथ सहमत देखिन्थे । उहाँले थप्नु भयो “ससार बदल्नु छ भने सुरुवात आपैmबाट गर्नुपर्छ बल्ल परिवर्तन सम्भब छ” “यहाँहरु जस्तो सकारात्मक सोचका साथ आफ्नो बस्ति र टोल सुधार गर्न तल्लिन जनप्रतिनिधि र कर्मचारीहरु पोषण स्थिती पनि सुधार गर्न आजैवाट लाग्नु भयो भने अवस्य दार्मा गाउँपालिकाका आमाहरुको ओठमा मुस्कान ल्यउन सक्नुहुन्छ ।”

महिला तथा बालबालिका शाखा प्रमुख यमुना खड्काले पालिका भित्रका सबै महिला बालबालिकाको हक हित एवं पोषण स्थिती सुधार गर्न थप तथा प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिनुभयो । यसैगरि शिक्षा शाखा प्रमुख श्री रोम प्र. पाण्डेले विद्यालयको अवस्था साथै द्यिालयमा पोषण र स्वास्थ्य सम्बन्धि अवस्थाको वारेमा प्रश्तुुती गर्नु भएको थियो । वहाँले आगामी दिनमा द्यिालयलाई पनि स्वास्थ्य र पोषणयुक्त बनाउन स्वास्थ्य र पोषणका बिबिध क्रियाकलाप (स्यानीटरी प्याडको व्यवस्था, दिवा खाजा कार्यक्रम, किशोरीहरुलाई आईरन चक्कि) हरु नियमित रुपमा संचालन गर्नु पर्ने र विद्यालयमा स्वास्थ्यकर्मि गई पोषण। स्वास्थ आनी बानि सम्बन्धि कक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि शाखा प्रमुख नेत्रलाल घर्तिले पोषण सुधारमा कृषिको महत्व माथि प्रष्ट पार्नुभएको थियो । वहाँले एक घर एक फलफुको बोटको नीति लिनुपर्ने र जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्ने बताउनु भयो । त्यस्तै पशु सेवा शाखा प्रमुख हस्तराम खड्काले पनि पोषण सुधारमा पशुजन्य उत्पादन र उपभोगको महत्व अपरिहार्य रहेको बताउनुभयो । साथै वहाँले स्थानीय जातका उत्पादनलाई आधुनिक पद्धतिबाट अगाडी बढाउनु पर्ने, कृषकलाई अनुदानको ब्यबस्था गर्नुपर्ने, पालिका स्तरमा मिनि ह्याचरी स्थापनामा जोड दिनुभएको थियो र “घर–घरमा कुखुरा पालौं, आय आर्जन गरि कुपोषण फालौं” भन्ने नाराका साथ कार्यक्रम अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो । स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले समग्र दार्मा गाउँपालिकाको स्वास्थ्य र पोषणको अवस्थाको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । गत तीन वर्षको तथ्यांक प्रष्तुतिमा दार्मा गाउँपालिका समग्र रुपमा सुधारउन्मुख रहेको बताउनुभयो । वहाँले अवका दिनमा स्वास्थ्य र पोषण अवस्था सुधार गर्न सबै क्षेत्रले योजनाबद्ध रुपमा कार्यक्रम ल्याई कार्यान्वयन गर्ने र पोषण परामर्शलाई अझ प्रभाबकारी बनाउदै लैजानु पर्ने बताउनुभयो ।

सुआहारा कार्यक्रमका पोषण अधिकृत लिल बहादुर नेपालीले स्वास्थ्य र पोषण कार्यक्रमको दिगोपनामा स्वास्थ्य प्रणाली सुदृढिकरण गनुपर्ने बताउनु भयो । वहाँले सामान्य औषधि किनेर र उपचार गरेर मात्र स्वास्थ्यमा सबै थोक हुन्छ भन्नु अहिलेको आवस्यकता नभएको र यसको लागी सर्व पक्ष सुधार गर्नु र जुट्नु जरुरी रहेको र त्यसको लागी स्थानीय सरकार अधिकार सम्पन्न रहेको बारे प्रष्ट पार्नु भएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले गाउँपालिकाको ध्येय, परिकल्पना र बस्तुस्थितीको बारेमा प्रष्ट पार्नु भएको थियो भने दलित विकास सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले सुआहारा कार्यक्रमबाट प्राप्त उपलब्धीहरुको दिगोपनाका लागी संस्थाको आगामी दिनमा हुन सक्ने भुमिकाको बारेमा बताउनु भएको थियो ।
त्यस्तै गाउपालिका उपाध्यक्ष टिका वली शर्माले महिलाहरुको कामको पनि परुष सरह मुल्यांकन हुनुपर्ने र महिला र परुष विचको कार्य विभाजन समान रुपमा गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निम बहादुर के.सी.ले पोषण अवस्था सुधार गर्न पहिला हामी जन प्रतिनिधिहरुको ब्यबहार पोषणयुक्त हुनुपर्ने बताउनुभयो र पालिका भित्रका सबै शाखा, सबै स्वास्थ्य संस्थाहरुले मासिक कार्य योजना बनाएर पालिकामा पेश गर्ने र पालिकाले उक्त कार्य योजना अनुरुप काम भए नभएको नियमित अनुगमन गर्ने साथै मासिक रुपमा वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बस्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्षलाई पोषण दुतमा चयन गरिएको थियो ।

कार्यक्रममा ३१ बुंदे पोषण सुधारका लागी सुसासन नीति, २१ बुंदे स्वास्थ्य र पोषणका क्रियाकलापहरु, ६ बुंदे खानेपानी सरसफाई र स्वच्छता, १० बुंदे महिला तथा बालबालिका, ७ बुंदे शिक्षा क्षेत्रका क्रियाकलापहरु तयार गरि पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकबाट पारित गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो । कार्यक्रममा सुआहारा कार्यक्रमका वास अधिकृत निमराज के.सी., फिल्ड संयोजक तोरण बुढाथोकी, फिल्ड सुपरभाईजर सुनिल नेपाली र समुदाय पोषण स्वयंसेवक सिता नेपालीको पनि सहभागिता रहेको थियो । स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले संचालन गरेको कार्यक्रमको अध्यक्षता सामाजिक विकास संयोजक चन्द्र बहादुर रावतले गर्नु भएको थियो ।