मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एसीसी इस्टर्न टी-२० प्रतियोगिता अन्तर्गत नेपालले आज आयोजक थाइल्याण्डविरुद्ध खेल्दै

बुधबार, फाल्गुन २१ २०७६

काठमाडौँ । एसीसी इस्टर्न टी-२० प्रतियोगिता अन्तर्गत नेपालले आज आयोजक थाइल्याण्डविरुद्ध खेल्दै छ ।

नेपालले टस हारेको छ र पहिला बलिङ गर्ने भएको छ ।

नेपालले आज टिममा एक परिवर्तन गरेको छ । सुशान भारीको ठाउमा भुवन कार्कीलाई टिममा ल्याइएको छ ।

यस खेलमा नेपालका लागि प्लेइङ एघार : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, पारस खड्का, बिनोद भण्डारी, मोहमद आरिफ सेख, करण केसी, सन्दीप लामीछाने, अविनाश बोहोरा, कुशल मल्ल, पवन सराफ र भुवन कार्की ।

नेपालले प्रतियोगितामा शुरुका दुवै खेल हारेको छ । नेपालले यस अघि मलेसिया र हङकङसँग हार बेहोरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार