मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

टी–२० क्रिकेटमा सन्दीपको सय विकेट

शनिबार, फाल्गुन १७ २०७६

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा इतिहास रचेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय टी–२० र टी–२० फ्रेन्चाइज लिगमा शतक विकेट लिएर नयाँ इतिहास बनाएका हुन् । शनिबार थाइल्याण्डमा जारी इस्टर्न रिजन टी–२० प्रतियोगिता अन्तर्गत मलेसी विरुद्धको खेलमा एकै ओभरमा २ विकेट लिएर सन्दीपले आफ्नो क्यारियरमा टी–२० क्रिकेटमा १०१ विकेट लिएका हुन् ।
सन्दीपले राष्ट्रिय टोलीबाट अहिलेसम्म १८ खेलमा ३० विकेट लिएका छन् । उनले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेल भने १९ वटा खेलेका छन् । उनले सन् २०१८ को मे ३१ मा वेस्ट इन्डिज र वल्र्ड इलेभेनबीच भएको खेलमा अन्तर्राष्ट्रिय टी–२० क्रिकेट डेब्यू खेलका रूपमा वल्ड एलेवेनबाट खेलेका थिए ।
त्यस्तै टी–२० फ्रेन्चाइज लिगमा अहिलेसम्म ७२ विकेट लिएका छन् । सन्दीपले पÞm्रेन्चाइजी क्रिकेटमा आइपिएलमा १३ विकेट लिएका छन् भने बिग बास लिगमा २७, क्यारेबियन प्रिमियर लिगमा १५, पाकिस्तान सुपर लिगमा ११, अफगानिस्तान प्रिमियर लिगमा २ र बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार