मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनसिसी अमेरिकाका उपाध्यक्ष पन्तद्वारा एक एनसिसी एक च्यारिटी प्रोजेक्ट सल्यानमा शुरु (फोटोफिचर)

बिहिबार, फाल्गुन १५ २०७६

अमेरिका / गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) अमेरिकाका उपाध्यक्ष कृष्ण जीवि पन्थले सल्यानमा प्रोजेक्ट सुरु गरेका छन्। एनअरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष तथा 1-NCC 1-Charity का लागि एनसीसी अमेरिकाका संयोजक कृष्ण जीवि पन्थले सल्यानमा आफ्नो प्रोजेक्ट सुरु गरेको बताएका छन्। उपाध्यक्ष पन्थले सल्यानबाट फर्केपछि सो कुरा बताएका हुन्।

एनअरएनए एनसीसी अमेरिकाले 1-NCC 1-Charity परियोजना गर्न आफूलाई जिम्मेवारी दिएकोले सो काम घोषणा अगर्नु पूर्व नै सुरु गरेको बताए। उपाध्यक्ष पन्थले भने, म काम गर्ने मान्छे हुँ, आइसिसिले प्रोजेक्ट फ़ाइन्ल गरेको छैन तर मैले काम नै सुरु गरिसके। यो एउटा सानो तर अत्यन्तै महत्वपूर्ण र मानवीय प्रोजेक्ट भएको पन्थले बताए।

नेपालको पश्चिममा पर्ने सल्यान जिल्लाको विकट कुमाख गाउँपालिका वडा न १ टाट्केमा एउटा प्रसुति गृह (Birthing Centre) स्थापना गर्ने नै यो प्रोजेक्ट हो।

प्रोजेक्टको लागि गाँउपालीका र एनआरएए एनसीसी अमेरिका र मानव बिकास तथा सामुदायिक सेवा बिच त्रिपक्षीय सम्झौता २०७६-११-१३ गतेका दिनमा सम्पन्न भएको छ। उक्त अवसरमा गाँउपालीका अध्यक्ष दिलमाया बुढामगर गिरी, मानब बिकास तथा सामुदायिक सेवाका कार्यकारी निर्देशक कपिल शर्मा, डा कालेब बुढा , बरिष्ठ इन्जीनियर सुरज दाहल लगायत स्वास्थ्यकर्मी एबं स्थानीय बासीन्दाहरुको उपस्थिति रहेको थियो।

सम्झौतामा भवन निर्माण गर्नको लागी जग्गा, आवश्यक पर्ने स्वास्थ्यकर्मी एबं स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपकरण गाउँपालीकाले उपलब्ध गराउने, एनआरएनए एनसीसी अमेरिकाले ४ कोठे भवनको निर्माण गर्ने। उक्त परियोजनाको सम्पूर्ण ब्यवस्थापन मानव बिकास तथा सामुदायिक सेवाले गर्ने उल्लेख गरिएको छ।


सल्यानको दुर्गम गाउँ जहा एउटा प्रसूति गृह स्थापना गर्दा सयौं आमाहरूले आफ्ना सन्तानलाई सुरक्षीत गर्भधारण गर्न सक्नेछन भन्ने उधेश्यका साथ उक्त परियोजनाको परिकल्पना गरिएको हो। कुमाक गाँउपालीका वडा न १ को डाँडागाउ, भितिवनचौर, नुवागाउ, साधनमुढा, भितिवन आसपासका स्थानका गर्भवती आमाहरूको पिडामा केहि भएपनि मलहम लगाउने हाम्रो प्रयास हो। यस महान अभियानमा सल्लाह, सुझाव तथा सहयोग गरिदिनुहुनको लागी उपाध्यक्ष पन्थले अनुरोध पनि गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार