सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

हङकङ सरकारले १० हजार हङकङ डलर बाँड्ने

बुधबार, फाल्गुन १४ २०७६

हङकङ सरकारले १८ वर्ष पुगेका हङकङका स्थाई बासिन्दा (परमानेन्ट रेसिडेन्ट) लाई १० हजार हङकङ डलर राहत स्वरुप राहतकोषबाट प्रदान गर्ने भएको छ । हाल फैलिएको कोरोना भाइरस र बिगत केही महिना अगाडिबाट भएका सरकार विरोधी आन्दोलनका कारण बिग्रिएको हङकङको आर्थिक अवस्थामा राहत स्वरुप उक्त सहयोग प्रदान गर्ने निर्णय सम्बन्धमा अर्थ सचिव पौल चानले बजेट २०२०-२०२१ को बजेट भाषण प्रस्तुत गर्ने क्रममा घोषणा गरेका छन् । यस राहत प्याकेजका लागि १ सय २० अर्ब हङकङ डलर खर्च हुनेछ । राहत प्याकेज अन्तर्गत १० हजार हङकङ डलर राहत सहयोग बाहेक अन्य तल दिईएको छ,

*साना व्यापार-व्यवसायीलाई सहुलियत ऋणको
व्यवस्था पनि गरिएको छ ।

*तलब तथा सम्पत्ति करमा र सरकारी आवास भाडामा पनि
बिशेष छुटको व्यवस्था गरिएको छ ।

*कम आय भएका परिवारका लागि दिइने सामाजिक भत्ता दोब्बर गरिएको छ ।

*विश्वविद्यालयका बिद्यार्थीहरुका लागि परीक्षा शुल्क पनि
मिनाहा गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार