मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सानिमा बैंकबाट उपेन्द्र महतो समुह बाहिरियो, संचय कोषले सेयर किन्यो

शुक्रबार, बैशाख २७ २०७६

काठमाडौं । सानिमा बैंकमा संस्थापक रहेका डा उपेन्द्र महतोको समुह औपचारिक रुपमा नै बैंकबाट बाहिरिएको छ । बैंकमा डा उपेन्द्र महतोका भाई डा विरेन्द्र महतोको नाममा रहेको संस्थापक सेयर बेचेर महतो समुह बाहिरिएको हो । महतोले २७ लाख १८ हजार ८३५ कित्ता सेयर बेच्न लागेका हुन् ।

जसमा बिहीबार १८ लाख ५० हजार कित्ता कारोबार भएको छ । बाँकी कित्ताको कारोबार आइतबार हुने छ । प्रतिकित्ता १८० रुपैयाँको दरले सानिमाको संस्थापक सेयरको कारोबार भएको छ । जसको कारोबार ३२ करोड ५० लाख रुपैयाको कारोबार भएको छ । जसको कारण नेप्सेमा बिहीबार करिब १ अर्ब रुपैयाँको सेयर काराबार भएको छ ।

बिहीबार ५० नम्बर ब्रोक्ररबाट सेयर खरिद भएको छ भने ३३ नम्बर ब्रोक्ररबाट बिक्री भएर यसको नामसारी भएको छ । विरेन्द्र महतो अहिले माछापुच्छ्रे बैंकका संचालक समिति अध्यक्ष हुन् । एउटा बैंकमा अध्यक्ष भएको र अर्को बैंकमा सेयर राख्न नमिल्ने भएको भन्दै उनले सेयर बेच्ने निर्णय गरेका हुन् । विरेन्द्रको सेयर बिक्रीसँगै महतो परिवार सानिमा बैंकबाट पूर्ण रुपमा बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार