मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

टेनिस टोली इन्डोनेसिया प्रस्थान

शनिबार, फाल्गुन १० २०७६

काठमाडौं(जस)–आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ । फेब्रुअरी २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष खेलाडीमा निहाल जंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायश्थ तथा महिलामा रायना शाह, इशाश्री शाह र सिरिष्ता राई रहेका छन् ।
प्रशिक्षकमा कृष्णराज घले छन् । घले आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपका लागि जकार्तामै छन् । पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार