काठमाडौं, इटालीका मिलानस्थित प्रख्यात पर्यटकीय क्षेत्र डउमोको टेरान्जा मार्टिनिमा नेपाली वाणिज्य दूतावास इटाली, नेपाली राजदूतावास स्वीटजरल्याण्डको आयोजना, गैर आवासीय नेपाली संघ इटाली को व्यवस्थापन र इटालीमा रहेका विभिन्न संघसंस्थाहरुको सहभागितामा एक औपचारिक कार्यक्रमका साथ १८ फेब्रुअरीमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन भएको छ । सो कार्यक्रममा ठूलो संख्यामा स्थानीय इटालियनहरुको समेत उपस्थिति रहेको थियो भने स्वीजरल्याण्डका लागि नेपाली राजदूत महामहिम मणिप्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इटालीका लागि वाणिज्य दूत पाओलो नुगारी तथा एनआरएनए इटालीका अध्यक्ष देवराज गुरुङले विशेष मन्तब्य राखेका थिए । कार्यक्रममा नेपालको प्रसिद्ध हिमालयहरु, प्राकृतिक सौन्दर्यता, जैविक विविधता, जातीय एवं भाषिक मौलिकता र साँस्कृतिक सम्पदाको अवलोकन गराईएको थियो कार्यक्रममा विभिन्न नेपाली मौलिक नाच बिना पुन, अनुस्का सुबेदी र स्वेता सुबेदीद्वारा प्रस्तूत गरिएको थियो भने नेपाली खानाको व्यबस्थापन नेपाली रेष्टुरेन्ट हिमालयले गर्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यान केन्द्रित गर्न ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारात्मक सामग्री पनि वितरण गरिएको थियो ।
कार्यक्रममा इटालीको पत्रकार, लेखक, फोटोग्राफर, फिल्म निर्माता , पर्वतारोही, अल्पाइन अन्तर्राष्ट्रिय गाइड, अन्वेषकले आ आफ्नो भनाई राखेका थिए भने मेरिडियानी पत्रिका निर्देशक मार्को कासारेतोले नेपालको विशेष अंक प्रस्तुत गरेका थिए । फोटोग्राफर तथा फोटो रिपोर्टर रुनो जÞन्जोतेर्राको उपस्थिति तथा प्रस्तुतिले इटालियन नागरिकहरुलाई आकर्षित गरेको थियो । कार्यक्रमको अन्त्यमा महामहिम राजदूत मणि भट्टराईले आफ्नो मन्त्यव्यसंगै कार्यक्रम सभ्य र भव्य बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई विषेश धन्यवाद दिदै नेपाल पर्यटन वर्ष २०२० कार्यक्रमको समापन गरेका थिए ।






