आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कोरोनाबाट चीनमा मृत्यु हुनेको संख्या १६ सय ६५ पुग्यो

आइतबार, फाल्गुन ४ २०७६

बेइजिङ । चीनको हुबेइ प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या १६ सय नाघेको छ ।

चीनको नेशनल स्वास्थ्य आयोगले दिएको पछिल्लो अपडेट अनुसार कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १६ सय ६५ पुगेको छ ।

त्यस्तै यस भाइरसको संक्रमणमा अहिलेसम्म ६८ हजार ५ सय जना परेका छन् । त्यस्तै हङकङमा संक्रमितको संख्या ५६ पुगेको छ ।

त्यसैगरी ९ हजार ४ सय १९ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी आयोगले दिएको छ ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।

स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।

नौ अस्थायी अस्पतालमा कोरोना भाइरसको उपचार हुदै

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौ ओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक धेरै रहेको यस क्षेत्रमा सुरु गरिएका ती अस्पतालहरुमा ६ हजार ९६० शैया रहेका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अधिकारीहरुले दिएको जानकारीअनुसार ती अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमित ५ हजार ६०६ जनाको उपचार भइरहेको छ ।

अस्थायी अस्थालमा सेवा सुरु भएर सेवा पाउन थालेपछि कोरोना भाइरस सङ्क्रमितहरुले राहत महसुस गरेका छन् । रोगको प्रकोप न्युनिकरण तथा व्यवस्थापन गर्न यी अस्पतालहरुबाट उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बिरामीहरुले राम्रो उपचार सेवा पाईरहेको बताएका छन् भने कतिपय विरामीहरु उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार