काठमाडौँ(एजेन्सी)– इन्टर मिलानलाई कोपा इटालिया कप फुटबलमा नापोलीको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा इन्टर मिलान नापोलीसँग १–० गोलले पराजित भयो । इन्टरलाई हार चखाउन नापोलीका फाबियन रुइजले गोल गरे । फाबियनले ५७औं मिनेटमा गरेको गोलनै पाहुना टोलीको जितमा प्रयाप्त बन्यो ।
इन्टरले लगातार गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेन । यस जितसँगै नापोलीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग आगामी मार्च ५ तारिख नापोलीको मैदानमा हुनेछ । नापोलीलाई अब घरेलु मैदानमा बराबरी खेले पुग्नेछ । तर इन्टरलाई जितको विकल्प छैन । अर्को सेमिफाइनलको पहिलो लेगमा बिहिबार राति युभेन्ट्स र एसी मिलान भिड्दैछन् । यस खेल मिलानको मैदानमा हुँदैछ ।