मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

त्रिकोणीय सिरिजमा ओमानको लगातार दोस्रो जित

बिहिबार, माघ २३ २०७६

काठमाडौं(जस)–आइसीसी विश्वकप डिभिजन–२ अन्तर्गत काठमाडौँमा जारी त्रिकोणीय सिरिजमा ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । ओमानले विहिबार अमेरिकालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । अमेरिकाले दिएको २१४ रनको लक्ष्य पछाएको ओमानले ४९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ओमानको जितमा अकिब इयासले सर्वाधिक ७२ रन बनाएका थिए भने मोहमद नदीमले अविजित ५५ रन बनाए । त्यस्तै खवर अलीले ३२ तथा सुरज कुमारले अविजित ३३ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुदै २१३ रन बनाएको थियो । अमेरिकाका लागि सर्वाधिक रन इयान होल्याण्डले बनाए । उनी ६५ रन बनाएर आउट भए । त्यस्तै अक्षय होमराजले ४४ रनको योगदान दिए भने मोनाक पटेलले १९, टिमिल पटेलले १६, जेभियर मार्शलले १३ र एरोन जोन्सले १२ रन बनाएका थिए । पुछारका ब्याट्सम्यान सौरभ नेत्राभलकरले अविजित १४ रन बनाए भने रस्टि थेरोनले १० रन बनाए ।
ओमानका बलर मोहमद नाडीमले ३ विकेट लिए भने नीशाम मक्सुद, बिलाल खान र अकिब इयासले २–२ विकेट लिए । बुधबार देखि शुरु भएको सिरिजमा ओमानले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो । अब शनिबार नेपाल र अमेरिका बीच सिरिजको तेस्रो खेल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार