वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी ५३ वर्षीया माया पाण्डे मृत अवस्थामा फेला परेकी छन्।
मङ्गलबार बिहान करिब ५ बजे नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी पाण्डेको शव वालिङ नगरपालिका–१३ स्थित गाहेखोलानजिकै ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको हो।
घटनाको जानकारी पाउउनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब निरीक्षक प्रताप पौडेलको कमान्डमा खटिएको प्रहरी टोली र स्थानीयवासीले खोजी सुरु गरेका थिए। खोजीका क्रममा आँधीखोलाको बीचमा अड्किएको अवस्थामा फेला परेको शवलाई प्रहरीले बाहिर निकालेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।