मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा

बुधबार, माघ २२ २०७६

काठमाडौं(एजेन्सी)–लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको रिप्ले खेलमा श्रीवसवरी टाउनलाई १–० गोलले पन्छाउँदै लिभरपुरले पाँचौँ चरणमा स्थान बनाएको हो । यसअघिको खेल २–२ गोलको बराबरीमा सकिएका कारण रि प्ले खेलाईएको थियो । घरेलु मैदानमा लिभरपुलले आत्मघाती गोलको सहयोगमा बाजी मार्यो ।
७५औं मिनेटमा बल बचाउने क्रममा श्रीवसवरीका रो साउन विलियम्सको प्रहार आत्मघाती गोल भएको थियो । लिभरपुलले यस खेलमा दोस्रो रोजाईका खेलाडी खेलाएको थियो । अन्य रिप्ले खेलमा बर्मिङघमले कोभेन्ट्रीलाई टाईब्रेकरमा हराउँदै ४–१, रिडिङले कार्डिफ सिटीलाई टाईब्रेकरमै ४–१, डर्वी काउन्टीले नर्थह्याम्पटनलाई ४–२ र न्यु क्यासल युनाइटेडले अक्सफोर्ड युनाइटेडलाई अतिरिक्त समयमा ३–२ गोलले हराउँदै पाँचौं चरणमा स्थान बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार