मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आर्मी शिर्ष स्थानमा, सङ्कटाको जित

आइतबार, माघ १९ २०७६

काठमाडौँ(जस)–शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाले १० खेलमा १५ अङ्क जोडेको छ ।

अजयी मार्टिन्सले सङ्कटाका लागि निर्णायक गोल गरे । उनले खेलको २१औँ मिनेटमा क्षितिजराज जिटीको पासमा गरेको एक गोल नै सङ्कटाका लागि निर्णायक गोल सावित भयो । जितसँगै सङ्कटा छैठौँ स्थानमा उक्ललिएको छ । समान १० खेल पूरा गरेको हिमालयन शेर्पा सात अङ्कका साथ अङ्क तालिकाको बाह्रौँ स्थानमा छ ।

आर्मी शिर्ष स्थानमा
यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि शानदार जित हासिल गरेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीले पुलिसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले २ गोल गरे भने सुमन अर्याल र सुदिल राईले एक एक गोल गरेका हुन् । त्यस्तै पुलिसका लागि बुद्ध बल तामाङ र मान बहादुर परिहारले एक एक गोल गरे । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा आर्मीले अन्तिम १३ मिनेटमा ३ गोल गर्दै खेलमा शानदार पुनरागमन गरेको थियो ।

पुलिसले खेलको २०औ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने आर्मीले ३४औ मिनेटमा बराबरी गोल गरेको थियो । ५८औ मिनेटमा पुलिसले फेरी अग्रता लियो तर अन्तिम समयमा पुलिस सम्हालिन नसक्दा आर्मीले जित हासिल गर्यो । यो जितसँगै आर्मी लिगको शिर्ष स्थानमा फेरी आएको छ । १० खेलपछि आर्मीको २३ अंक भएको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रको २२ अंक रहेको छ । त्यस्तै पुलिस क्लबको १० खेलपछि १४ अंक रहेको छ भने लिगको सातौ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार