काठमाडौं,माघ १६– राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । उनले आफ्नो चार वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । सोमपालले धनगढीकी प्रतिभा घिमिरेलाई बेहुली बनाएका हुन् । सोमपालले बिहीबार प्रेमिका प्रतिभा घिमिरेसँग लगनगाँठो कस्दै प्रेम सम्बन्धलाई बैवाहिक सम्बन्धमा बदलेका हुन्।स्याङ्जाका स्थायी बासिन्दा सोमपाल हाल काठमाडौँमा बस्दै आएका छन् भने प्रतिभाको घर कैलालीको धनगढी हो। उनीहरु दुवैले परिवारको स्वीकृतिमा विवाह गरेको बताएका छन्।पाँच वर्षअगाडी धनगढी स्थित प्रतिभाकै घरमा उनीहरुको पहिलो भेट भएको थियो। भेटको एक वर्षपछि प्रतिभालाई सोमपालले प्रेम प्रस्ताव राखेका थिए। प्रतिभाले पनि त्यसलाई स्वीकारेपछि प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्