मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनएनआईपीएस अवार्ड २८ खेलाडीलाई प्रदान गरिने

आइतबार, माघ १२ २०७६

काठमाडौं(जस)–नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले २०७५ सालमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न २८ खेलका खेलाडीलाई ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड’ प्रदान गर्ने भएको छ । संघले फागुन ६ गते बसन्तपृुर डबलीमा विशेष कार्यक्रम गरी अवार्ड प्रदान गर्न लागेको हो । अवार्ड कार्यक्रमलाई काठमाडौं महानगर पालिका, ग्लोबल आईएमई बैंक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सहयोग गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
अवार्डमा गत वर्ष इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेम्स (एीसयाड) मा सहभागिता २८ खेलका एक जना उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ । खेलाडीको छनोट प्रत्येक संघको सिफारिसका आधारमा हुने बताईएको छ । संघले फुटबल, पौडी, भलिबल, टेबुल टेनिस, सुटिङ, बक्सिङ, प्याराग्लाइडिङ, भारोत्तोलन, लनटेनिस, कबड्डी, फेन्सिङ, स्क्वास, सेपाताक्रो, साइक्लिङ, स्पोर्ट्स क्लाईम्बिङ, पेन्कक सिलात, कुराँश, रोलर स्पोर्ट्स, बास्केटबल, तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, कराते, जुडो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्तीका खेलाडीलाई अवार्ड प्रदान गर्नेछ ।
उत्कृष्ट खेलाडीले अवार्ड सहित जनही १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् । यी मध्ये एक जना पुरुष र एक जना महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडको अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट दुई जनाले एक एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट एक जना खेलाडीलाई ३५ हजार रुपैयाँ सहित सम्मान गरिने संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार