मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

‘ए’ डिभिजन लिग : आर्मी गोलरहित बराबरीमा, संकटा बिजयी

शनिबार, माघ ११ २०७६

काठमाडौं(जस)–सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लक एनआरटीसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले १० खेलाडीमा समेटिएको एनआरटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । आर्मीले लगातार गोल गर्ने अवसर खेर फालेको थियो । आर्मीको प्रयासमा एनआरटीको रक्षापंक्ति बाधक बनेको थियो ।
आर्मीको लगातार प्रहारलाई विफल पारेका एनआरटीका गोलरक्षक अजित प्रजापति म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । दोस्रो हाफको इन्जुरी समयमा एनआरटी १० खेलाडीमा समेटिएको थियो । एनआरटीका अफ्रिकी खेलाडी जुनियर निकेनगुए दोहोरो पहँेलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । तरपनि आर्मी बराबरीमा चिक्त बुझाउन बाध्य बन्यो ।
बराबरीसँगै आर्मीले शीर्ष स्थानमा तीन अंकको अग्रता लिने मौका गुमाएको छ । आठ खेलपछि १७ अंक बनाएको आर्मी शीर्ष स्थानमा यथावत छ । १२ अंक बनाएको एनआरटी छैटौं स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका मच्छिन्द्र र मनाङको समान १६ अंक छ । आर्मीको बराबरीले उपाधि होड झनै रोचक बनेको छ ।
मार्टिनको गोलमा संकटा विजयी
विदेशी खेलाडी अजयी मार्टिनले गरेको गोलमा संकटा क्लबले सहिद स्मारक लिगमा फ्रेण्ड्स क्लबलाई हराएको छ । शनिबार भएको आठौं चरणको अन्तिम खेलमा संकटाले फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । संकटाको जितमा एकमात्र गोल विदेशी खेलाडी मार्टिनले ६४औं मिनेटमा गरे । जितपछि साविक उपविजेता संकटाले ८ खेलबाट १२ अंक जोडेको छ । संकटा छैटौं स्थानमा उक्लिएको छ । फ्रेण्ड्स भने ८ खेलबाट ८ अंकसहित ११औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार