आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन हुने

सोमबार, माघ ६ २०७६

काठमाडौं । जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ु१२ सत्ताईसु यहि शुक्रबार बाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ । चलचित्रले दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन् ।
त्यस्तै यस अघि नै चलचित्रको थाईल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार बेचिसकिएको छ । चलचित्रलाइ रेड अम्ब्रेला इन्टरटेनमेन्ट प्रा। लि। ले थाईल्याण्डमा प्रदर्शन गर्न लागेको हो । थाईल्याण्डको विभिन्न पाँच सहरमा चलचित्रको ५ शोहरु हुनेछ ।
ह्याप्पी प्लानेट फिल्म्सले कमेरो फिल्म्स स्क्रिन संगको सहकार्यमा निर्माण गरेको चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, आश्मिता लामिछाने, सम्रांत थापा, एवोन राज उप्रेती, भिष्म जोशी, आश्मिता खनाल, बिना कार्की लगायतको अभिनय रहेको छ । रेणु राना, दिपक खतिवडा र रुपक थापा निर्माता रहेको चलचित्रमा निर्देशक योंजोंनकै लेखन, अनिश स्यान्ग्दनको छायांकन, शैलेश श्रेष्ठको पार्श्व संगीत, कृष्ण भण्डारीको सम्पादन रहेक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार