सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

विश्व बरियतामा प्रिन्सको छलाङ

मंगलबार, पुष २९ २०७६

काठमाडौँ(जस)– नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले मंगलबार सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका छन् । एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा थिए । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ ।
प्रिन्सले प्राप्त गरेको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो । हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अङ्कले पराजित भएका थिए । भारतीय खेलाडी लुवाङ विश्व बरियताको तेस्रो स्थानमा छन् ।
दुई साताअघि प्रिन्स विश्व बरियताको ३२औँ स्थानमा थिए । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उनको बरियतामा उल्लेख्य सुधार भएको हो । ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार