काठमाडौं(जस)–शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित नगद लाभांशमा बोनस सेयरबापतको करसमेत समावेश गरिएको बैंकले जनाएको छ । सञ्चालक समितिको प्रस्तावअनुसार लाभांश वितरणका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट लाभांशसम्बन्धी प्रस्ताव पारित गर्नुपर्नेछ ।
साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्रै सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ । बैंकले वितरण गर्न प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयरले चुक्तापूँजी वृद्धि हुनेछ भने १० प्रतिशत नगद लाभांश सेयरधनीलाई प्रत्यक्ष प्रतिफलका रूपमा प्राप्त हुनेछ। लाभांश वितरणपछि बैंकको पुँजी संरचनामा समेत परिवर्तन आउनेछ ।