शुक्रबार, असोज १६ २०८३

शुक्रबार, असोज १६ २०८३

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

शुक्रबार, असोज १६ २०८३

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण र भुक्तानीमा विश्वव्यापी अगुवा संस्था ‘वेस्टर्न युनियन’ले आफ्नो २०२६ को अभियान ‘यो दशैं म छु सँगै’ को घोषणा गरेको छ ।

दशैं, तिहार र छठलाई लक्षित गरेर ल्याइएको आठ हप्ते अभियान अक्टोबर २ देखि नोभेम्बर २७, २०२६ (असोज १६ देखि मंसिर ११ गते) सम्म सञ्चालन विहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

उक्त अभियानका क्रममा लक्की ड्रमार्फत ७ जना विजेता छनोट गर्ने र प्रत्येकलाई १५ हजार रुपैंयाँ प्रदान गर्ने पनि सम्मेलनमा जानकारी दिइयो ।साथै, ग्राण्ड बम्पर पुरस्कार अन्तर्गत आठौं हप्ताको अन्त्यमा, एक जना भाग्यशाली विजेताले पाँच लाखको बम्पर पुरस्कार प्राप्त गर्ने पनि जानकारी गराइयो ।

प्रत्येक कारोबारसँगै ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुन पाउने र यसका लागि कुनै फारम भर्नु वा अन्य प्रक्रिया पूरा गर्नु पर्ने छैन ।अभियान नगद प्राप्त अर्थात क्यास पिकअप गर्ने कारोबारहरुमा मात्र लागू हुनेछ ।

अभियान एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, नबिल बैंक र सूर्य रेमिट जस्ता प्रमुख एजेन्टहरूको सहकार्यमा नेपालभर रहेका वेस्टर्न युनियनका नेटवर्कहरू मार्फत उपलब्ध हुने छ ।

नेपालको पहिलो रेमिट्यान्स सेवा प्रदायकको रूपमा, वेस्टर्न युनियन मनी ट्रान्सफरले विगत २९ वर्षभन्दा बढी समयदेखि २०० भन्दा बढी देश र क्षेत्रहरूबाट नेपालीहरूलाई रकम स्थानान्तरण सेवा प्रदान गर्दै आएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

वेस्टर्न युनियनले सीमापार रहेका परिवारहरूलाई जोड्ने पुलको काम गर्दछ र रेमिट्यान्स आर्थिक सहयोग मात्र नभई माया र साझा खुसीको प्रतीक पनि हो भन्ने कुरालाई उजागर गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार