बिहिबार, असोज १५ २०८३

बिहिबार, असोज १५ २०८३

सिरहामा ११०२ किलो गाजा बरामद, बलेरो छोडेर तस्कर फरार

बिहिबार, असोज १५ २०८३

-मुकेश कुमार यादव

सिरहा । ​सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिकै गागन खोला पुलबाट सशस्त्र प्रहरीले १ हजार १ सय २.६५ किलो गाँजा बरामद गरेको छ।

​

विशेष सूचनाका आधारमा बुधबार राति करिब १२:३६ बजे खटिएको २९ जनाको प्रहरी टोलीले २६ बोरा गाँजासहित बा.१४ च २९४ नम्बरको फुलबडी बोलेरो र स.६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको हो।

​

सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा छाडेर फरार भएका थिए।

 

​बरामद गाँजा र सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार