शनिबार, असोज १० २०८३

शनिबार, असोज १० २०८३

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

शुक्रबार, असोज ९ २०८३

काठमाडौं । भारतसँग पराजित भए पनि नेपाली महिला टोलीले कास्य पदक जितेको छ । शुक्रबार टोकाइ सिटिजन जिम्नेसियममा भएको एसियाली खेलकुदअन्तर्गत कबड्डीको सेमिफाइनलमा नेपाली महिला टोली भारतसँग ४८–२४ ले पराजित भएको छ ।

नेपाल पहिलो हाफमा १७–३१ र दोस्रो हाफमा ७–१७ ले पछि पर्‍यो । सेमिफाइनलमा रोकिए पनि नेपाली टोली कांस्यपदक भने प्राप्त गरेको छ । कबड्डीमा सेमिफाइनलमा हार्ने टोलीलाई पनि कांस्यपदक दिइन्छ ।

नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो कांस्यपदक जितेको हो । यसअघि टोलीले १९औँ एसियाली खेलकुदमा पनि कांस्यपदक जितेको थियो ।

जारी एसियाली खेलकुदमा नेपालले जितेको यो दोस्रो कांस्यपदक हो । यसअघि करातेबाट तेन्जिङ शेर्पाले नेपाललाई कांस्यपदक दिलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार