आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

आइतबार, पुष २७ २०७६

काठमाडौं (जस)–नेपाल इन्स्योरेन्स कम्पनीले ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी २.८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने घोषणा गरेको हो । संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांशलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । सभाले पारित गरेसँगै शेयरधनीले हालको चुक्ता पुँजीको सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ लाख रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार