काठमाडाैं, १ असाेज । तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक अमेरिकी ब्याजदर बढाइएको छ। मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयासस्वरूप यसलाई अझै बढाउन सकिने सम्भावना छ।
ब्याजदर घटाउनुपर्ने माग गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा विरोध गरे तापनि फेडरल रिजर्भ (फेड) ले सर्वसम्मत रूपमा ब्याजदर ३.५%–३.७५% बाट बढाएर ३.७५%–४% पुर्याउने निर्णय गरेको छ।
फेडका अध्यक्ष केभिन वार्सले यो कदम चाल्नुको कारण “मुद्रास्फीति अत्यधिक हुनु र लामो समयदेखि उच्च रहनु” रहेको बताएका छन्। उनले यसलाई “गम्भीर” र “जिम्मेवारपूर्ण निर्णय” को रूपमा समेत उल्लेख गरे। निर्णय सार्वजनिक भएपछि ट्रम्पले वार्सप्रति समर्थन जनाए पनि ब्याजदरसम्बन्धी निर्णयमा मतदान गर्ने फेड बोर्ड “विरोधी” रहेको टिप्पणी गरे।
उच्च ब्याजदरले ऋण, धितो कर्जा र क्रेडिट कार्ड लिन चाहनेहरूका लागि कर्जा महँगो बनाउँछ; तर यसले बचतमा भने राम्रो प्रतिफल दिलाउन सक्छ। निर्णयपछि आयोजित बुधबारको पत्रकार सम्मेलनमा वार्सले फेडको नेतृत्वमा “आशावादी दृष्टिकोण” रहे तापनि मुद्रास्फीति अझै पनि चुनौतीकै रूपमा रहेको बताए।
धेरैजसो केन्द्रीय बैंकहरूजस्तै फेडको पनि मुद्रास्फीतिलाई २% वा सोभन्दा कममा सीमित राख्ने लक्ष्य छ। वार्सले अमेरिकी मुद्रास्फीति “पाँच वर्षभन्दा बढी समयदेखि” लक्ष्यभन्दा माथि रहेको औंल्याए।
यसले अमेरिकी मतदाताहरूका लागि ‘क्रयशक्ति’ ( affordability) लाई प्रमुख चिन्ताको विषय बनाएको छ। इरानसँगको अमेरिका-इजरायल द्वन्द्व सुरु भएयता थोक तेलको मूल्यमा भएको भारी वृद्धिका कारण इन्धनको मूल्य ह्वात्तै बढेको छ, जसका कारण अन्य धेरै वस्तु तथा सेवाहरूसमेत महँगा भएका छन्।