काठमाडाैं । नेपालको इतिहास र राजनीतिमा भाद्र २९ गते का निम्न प्रमुख घटनाहरू जोडिएकाे पाइन्छ ।
राष्ट्रिय बाल दिवसः नेपालले वि.सं. २०४७ भाद्र २९ गते (१४ सेप्टेम्बर १९९०) मा संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको थियो। यसै ऐतिहासिक कदमको सम्झनामा नेपालमा हरेक वर्ष भाद्र २९ गतेलाई ‘राष्ट्रिय बाल दिवस’ का रूपमा मनाउने गरिन्छ।म
कोत पर्व अघि गगनसिंहको हत्याः वि.सं. १९०३ भाद्र ३१ (अङ्ग्रेजी तारिख १४ सेप्टेम्बर १८४६) को राति नेपालको इतिहास परिवर्तन गर्ने ‘कोत पर्व’ घटेको थियो। भाद्र २९-३० गते रानी राज्यलक्ष्मीका प्रिय पात्र काजी गगनसिंह भण्डारीको रहस्यमय हत्या भएपछि रानीको आदेशमा भारदारहरूलाई कोतमा जम्मा गरियो, जसको परिणति स्वरूप कोत पर्व भई जंगबहादुर राणाको उदय र १०४ वर्षे जहानियाँ राणा शासनको सुरुवात भयो।