सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम सम्पन्न

आइतबार, भाद्र २८ २०८३

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३÷८४” कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ ।
मधेश प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू संञ्चालनमा छन् । यस अघि नै बैंकले बागमती प्रदेशमा “लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश” र कोशी प्रदेशमा “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यसैको निरन्तरता स्वरूप मधेश प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो । अरू प्रदेशहरूमा पनि यसै गरी क्रमश कार्यक्रम आयोजना गरिनेछ । बैंकको गत आर्थिक वर्ष २०८२÷२०८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ साथै निक्षेप संकलनमा पनि ९.२२ प्रतिशतको वृद्धि दुई खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर दुई अर्ब ९ करोड ८६ लाख पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार