बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

स्पेनको कोस्टाब्लाङ्कामा बाढीपहिरो पीडितको सम्झनामा शोकसभा सम्पन्न

बुधबार, भाद्र २४ २०८३

कोस्टाब्लाङ्का (स्पेन)। नेपालमा हालै आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्का र गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोस्टाब्लाङ्काको संयुक्त आयोजनामा शोकसभा सम्पन्न भएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष केसरबहादुर थापाले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले बेपत्ता नागरिकहरूको तत्काल खोज तथा उद्धार गर्न नेपाल सरकारसँग आग्रह गर्दै प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

शोक मन्तव्यका क्रममा स्पेन भ्रमणमा रहेका गायक श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्लले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सबै नेपालीलाई अपिल गरे ।

शोकसभामा एनआरएनए स्पेनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापा, उपाध्यक्ष देबराज सापकोटा, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी नेपाल समाज एसोसिएसनका संरक्षक एवं मन्दिर–गुम्बा निर्माण समितिका अध्यक्ष मुकुन्द लामिछाने, संरक्षकहरू विनोद शेरचन, स्मृति गौतम र विजय थापा, एनआरएनए स्पेनकी पूर्व महिला उपाध्यक्ष सृजना लामिछाने, समाजकी उपाध्यक्ष डा. सबिता पाठक, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका सहसचिव डा. बृहस्पति पण्डित, गोविन्द पोखरेल, ओजस्वी पण्डित, ब्रीति पण्डित पाठक, सुवास ओली (एनआरएनए क्षेत्रीय कोस्टाब्लाङ्का उपाध्यक्ष) तथा सबिन थापा, शुभराज पाठक लगायतको उपस्थिति रहेको थियो ।

शोकसभाको स्थान व्यवस्थापनमा समाजका संरक्षक तथा पूर्व एनआरएनए अध्यक्ष रीतेश श्रेष्ठ र समाजका संरक्षक सुरेश बज्राचार्यले समन्वय गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका कार्यवाहक महासचिव अशिम लोप्चनले गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले मृतकहरूको सम्झनामा मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरे। साथै, बेपत्ता नागरिकहरूको सकुशल उद्धार, घाइतेहरूको प्रभावकारी उपचार तथा बाढीपहिरोबाट प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका थिए ।

प्रवासमा रहेका नेपाली समुदायले विपद्को यस दुःखद् घडीमा नेपाल र नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार