मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका हेरफेर, वडा अधिवेशन असोज ३ र ४ मा

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं(जस)– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । नयाँ कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ । स्थानीय अनुकूलताअनुसार अधिवेशनको मिति तय गरी सम्पन्न गर्न सकिने समितिले जनाएको छ । देशभरका ६ हजार ७४३ वडामा अधिवेशन गरी वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ ।
त्यसैगरी गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका तय गरिएको छ । केन्द्रीय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते काठमाडौंमा सम्पन्न गर्ने कांग्रेसले जनाएको छ । सुवाको भोटेकोसीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षति तथा त्यसबाट विभिन्न जिल्लामा परेको प्रभावलाई ध्यानमा राख्दै अधिवेशनको कार्यतालिका संशोधन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा तोकिएका निर्वाचन अधिकृतले पार्टीका स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्नेछन् ।
नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशको अधिवेशन भने असोज १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । जिल्ला र प्रदेश अधिवेशनको विस्तृत समयतालिका दोस्रो चरणमा सार्वजनिक गरिने समितिले जनाएको छ । केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर पहिलो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको समितिको भनाइ छ ।
राष्ट्रिय सभा गृह बुकिङ
नेपाली कांग्रेसले आगामी असोज १५ देखि २० गतेसम्म तय गरिएको १५औँ महाधिवेशनका लागि राष्ट्रियसभा गृहको हल बुकिङ गरेको छ । महाधिवेशन सञ्चालनका लागि मुख्य थलोका रूपमा राष्ट्रियसभा गृह प्रयोग गर्न केन्द्रीय कार्यालयले औपचारिक प्रक्रिया अघि बढाएको हो । कांग्रेसद्वारा पठाइएको पत्रमा महाधिवेशनका गतिविधि सञ्चालन गर्न राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ क्षेत्र र बगैँचा नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा उपलब्ध गराउन अनुरोध गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठकले असोज १५ देखि २० गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेसँगै पार्टीले आवश्यक व्यवस्थापकीय र भौतिक तयारीलाई तीव्रता दिएको छ ।
कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन
काठमाडौँ, २३ भदौः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्य र सदस्य–सचिव मनोनयन गरेका छन् । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य सचिवका रूपमा मनोनयन गरेका हुन् । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीका केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुङ्गाना, कुशुमदेवी थापामगर र अञ्जु झालाई मस्यौदा समितिमा मनोनयन गरिएको जानकारी दिए । समितिको सदस्य सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ । पार्टीको विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न उक्त समिति गठन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार