मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग हस्तान्तरण

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं(जस)–नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरिएको संस्थाले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इन्क (बीवाइडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डिजिपलका प्रतिनिधि उत्सव कार्की सहभागी थिए ।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले रकमभन्दा यसको उद्देश्य महत्वपूर्ण रहेको बताइन् । विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्न यो सहयोग गरिएको उनले भनिन् । उनले नाइमामा आबद्ध अटोमोबाइल आयातकर्ता र उत्पादक कम्पनीहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकटका बेला सरकार र प्रभावित समुदायसँग सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार