मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारण सभा असोज १६ गते हुने

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं(जस)–ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । बैंकले असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आफ्नो २०औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ९ बजेदेखि सुरु हुनेछ । साधारण सभाले बैंकको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकम समेत समावेश गरिएको बैंकले जनाएको छ ।
यससँगै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा अन्य प्रस्तावहरू समेत पारित गर्ने कार्यसूची रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार