काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ। संघका अध्यक्ष डा. हेमराज शर्माका अनुसार पहिलो चरणमा नुवाकोटमा टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ।
यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने र प्रभावित क्षेत्रमा चिकित्सकहरूको टोली पठाउने निर्णय गरेको थियो।

संघले विश्वभर रहेका आफ्ना राष्ट्रिय समितिहरूलाई उद्धार तथा राहत कार्यमा परिचालन गर्ने निर्णयसमेत गरेको छ।
राहत वितरणका लागि संघका अध्यक्ष डा. हेमराज शर्मासहितको टोली बिहीबार बिहान नुवाकोट पुग्ने तयारीमा रहेको छ।

