बिहिबार, भाद्र ११ २०८३

बिहिबार, भाद्र ११ २०८३

देश रोएका बेला इन्टरपिडको सहयोग, अरु व्यवसायीलाई पनि अघि बढ्न अपिल

बुधबार, भाद्र १० २०८३

काठमाडौं । चीनको तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवाको भोटेकोशीदेखि नुवाकोट र धादिङ हुँदै त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी, मैलुङ, बेत्रावती, ढुंगे, त्रिशूली बजार र देवीघाट लगायतका क्षेत्र बाढीबाट प्रभावित भएका छन्। सरकारले रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

देश विपत्तिमा परेका बेला इन्टरपिड रिक्रुटमेन्ट सर्भिसेस प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५५ हजार ५ सय ५६ सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष श्रवण कुमार दाहालका अनुसार बोर्ड बैठकबाट निर्णय गरी संस्थागत रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

दाहालले कम्पनीका मातहतमा रहेका कर्मचारी तथा स्टाफहरूलाई समेत राहत अभियानमा सहभागी हुन अपिल गरेका छन्। अपिलपछि कर्मचारीहरूले पनि आफ्नो क्षमताअनुसार भोलिदेखि नै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।

“देश रोइरहेको बेला सरकारलाई मात्र हेरेर बस्नु हुँदैन। आफ्नो क्षमता र हैसियतअनुसार सबैले सहयोगको हात बढाउनुपर्छ,” अध्यक्ष दाहालले भने।

इन्टरपिडले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि देशभरका उद्योगी, व्यवसायी तथा संघ संस्थालाई पनि आ आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल गरेको छ।
मानवीय संकटको यो घडीमा संस्थागत सहयोगसँगै व्यक्तिगत र सामूहिक प्रयास पनि आवश्यक रहेको भन्दै कम्पनीले सबैलाई राहत अभियानमा जोडिन आग्रह गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार