शुक्रबार, साउन २९ २०८३

शुक्रबार, साउन २९ २०८३

वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ठगी गर्ने पक्राउ

शुक्रबार, साउन २९ २०८३

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १२ लाख ८० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा जिल्ला, सिरहा नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–५ टीकाथली बस्ने ३२ वर्षीय सुशान्त सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौँबाट पक्राउ अनुमति लिई निजलाई काठमाडौँ शङ्खमुलबाट पक्राउ गरिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार